गृहमन्त्रीसँग लिम्बुवान पार्टीका पदाधिकारीको भेट

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणसँग सङ्घीय लिम्बुवान पार्टी नेपालको प्रतिनिधिमण्डलले भेट गरेको छ ।
गृह मन्त्रालयमा भएको भेटमा गृह मन्त्रीसँग प्रतिनिधिमण्डलले विभिन्न समयमा पक्राउ गरेका आफ्ना नेता तथा कार्यकर्ता रिहाइ तथा लागेका मुद्दा फिर्ताका लागि अनुरोध गरेका थिए ।
लिम्बुवानको प्रतिनिधिमण्डलमा पार्टी महासचिव सूर्य माखिम, उपमहासचिव विक्रम सुब्बा, पार्टीका जिल्ला इलाम अध्यक्ष शरण फागोलगायत थिए ।
उक्त पार्टीले यसअघि सोमप्रसाद पाण्डेयको नेतृत्वमा रहेको वार्ता कमिटीसँग ६ पटक सम्वाद गरेको सो अवसरमा जानकारी दिइयो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया