युवा पुस्तालाई राजनीतिक चेतनाबाट अलग नबस्न बिजुक्छेको आग्रह

भक्तपुर - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले युवा पुस्तालाई राजनीतिक चेतनाबाट अलग नबस्न आग्रह गरेका छन् ।
आज भक्तपुरको बागीश्वरी माध्यमिक विद्यालयको ६३औँ र बागीश्वरी कलेजको १४औँ वार्षिकोत्सव कार्यक्रममा उनले युवा पुस्ताले देशको राजनीतिबारे जानकारी लिनुपर्ने बताए ।
उनले भने, `देशको राजनीतिबारे अनभिज्ञ व्यक्तिले देश र जनताको हितमा काम गर्न सक्दैन, त्यसैले देशका युवाले राजनीतिबारे चासो राख्नुपर्छ, राजनीतिक चेतना हुनुपर्छ, देशको राजनीतिक अवस्था थाहा पाउनुपर्छ ।`
वार्षिकोत्सवमा अध्यक्ष बिजुक्छेले बागीश्वरी माविका तीन शिक्षक कृष्णप्रसाद कर्माचार्य, रेणुकामैंया प्रजापति र उकेश सुवाललाई दीर्घ सेवा पदकबाट सम्मान गरे ।
उनने कलेजको स्मारिका एवं जर्नल विमोचन गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया