प्रचण्ड सिन्धुली जाँदै

काठमाडौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिन्धुली जाँदैछन् । अध्यक्ष प्रचण्डले सदरमुकाम सिन्धुलीमाढीमा पार्टी कार्यालय उद्घाटन गर्नेछन् ।
प्रमुख स्वकीय सचिव रमेश मल्लका अनुसार प्रचण्डले कार्यक्रम उद्घाटनपछि पार्टीका जिल्लास्थित नेता कार्यकर्तालाई निर्वाचन अभियानमा जुट्न निर्देशन दिनेछन् । अध्यक्ष प्रचण्ड फागुनको तेस्रो साता सम्पन्न केन्द्रीय कमिटी बैठकपछि देशव्यापी निर्वाचन अभियानमा छन् ।
उनले अभियानको क्रममा मुख्य प्राथमिकता एक्लै निर्वाचनमा जाने माओवादीको तयारी रहेको बताउने गरेका छन् । गठबन्धनलाई सहायक प्राथमिकता दिएको उनको भनाइ छ । सत्ता नेतृत्व दल कांग्रेस गठबन्धनसहित निर्वाचनमा जाने भन्नेमा स्पष्ट नहुँदा प्रचण्ड दोधारमा छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया