राजनीति दुई ध्रुवमा विभाजन : भानुभक्त ढकाल
चितवन - नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एउटा ध्रुवको नेतृत्व एमाले र अर्काे ध्रुवको नेतृत्व कांग्रेसले गरिरहेको बताए ।
उनले अबको निर्वाचनले दुई ध्रुवको राजनीतिलाई स्पष्ट पार्ने बताउँदै भने, 'केही च्याखे थाप्ने र दाउपेच हेर्ने बाँकी रहे पनि राजनीति दुई ध्रुवमा बाँडिन्छ ।' अब हुने स्थानीय तहको निर्वाचन र त्यसपछिको प्रदेश तथा सङ्घीय निर्वाचनको परिणामले त्यसलाई प्रष्ट पार्ने उनको भनाइ छ ।
स्थानीय तहको निर्वाचन एमालेको दबाबका कारण समयमै हुन लागेको भन्दै उहाँले निर्वाचन नगर्न विभिन्न षड्यन्त्र भएको आरोप लगाए । निर्वाचनको समयमा जनप्रतिनिधिविहीन बनाउन नहुने तर्क गर्दै उनले भने, 'सङ्घीयमा निर्वाचन हुँदा सरकारविहीनको कल्पना गर्न सकिँदैन, त्यसैगरी स्थानीय तह पनि रित्तो हुनु हुँदैन ।'
सरकारले निर्वाचन आयोगलाई उपयोग गरी आचारसंहिता र मतपत्रमा अमिल्दा कुरा सारेको आरोप लगाउँदै उनले भने, 'संवैधानिक निकाय राजनीतिकको पक्षधरतामा नपरोस् भन्ने एमालेको धारणा हो ।'
नेकपा (एमाले) ले एकीकृत समाजवादीलाई राजनीतिक मान्यता नदिएको उल्लेख गर्दै उनले मान्यता पाएका कुनै पनि दलसँग ठाउँ विशेषमा गठबन्धन गर्न पार्टीलाई आपत्ति नरहेको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया