अघिल्लो चुनावमा २३ सिटमा झरेको कांग्रेसलाई यस पटक १३ सिटमा झार्नुपर्छ : ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा अत्याधिक विजय हासिल गर्न एमालेलाई कसैले पनि रोक्न नसक्ने दाबी गरेका छन् । शनिबार काठमाडौंमा एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले निर्वाचनमा अत्याधिक विजय हासिल गर्न एमालेलाई कसैले रोक्न नसक्ने बताए ।
अब हुने स्थानीय तहको चुनावको नजिताले प्रादेशिक र संघीय चुनावको झलक दिने उनको भनाइ थियो । अब २० हजार भन्दा बढी जनप्रतिनिधि जिताउनुपर्ने र ४ भन्दा बढी पालिकामा एमालेले विजय हासिल गर्नुपर्ने ओलीले दाबी गरे ।
त्यस्तै अध्यक्ष ओलीले स्यालहरूको मोर्चा कसेर हात्ती सिकार गर्न नसकिने भन्दै गठबन्धनको मनौवैज्ञानिक त्रास त्याग्न कार्यकर्तालाई निर्देशन दिए । गठबन्धनलाई जनताको आँगनमा पछारिदिने उनले बताए ।
ओलीले अघिल्लो चुनावमा २३ सिटमा झरेको कांग्रेसलाई यस पटक १३ सिटमा झार्नुपर्ने बताए । कांग्रेससँग कुनै पनि एजेन्डा नभएकाले अघिल्लो सरकारको भण्डाफोर गर्ने नीति भनेर हल्ला गरेको पनि ओलीको भनाइ छ ।
'पोहोर/परार कांग्रेस २३ मा झरेको होइन ? अब १३ मा झार्दिनुपर्छ,' उनले भने, 'बुढाबुढीले कांग्रेसलाई भोट हाल्दैनन् । भत्ता खाइराख्या हुन्छन् कि कांग्रेसलाई भोट हाल्ने ? युवाले पनि भोट हाल्दैनन् । गृहिणीले पनि हाल्दैन ।'

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया