१६ औं शताब्दीमा हराएका साँस्कृतिक सामाग्री नेपाललाई हस्तान्तरण

काठमाडौँ - लण्डन महानगरीय प्रहरी कार्यालयका डिटेक्टिभ सुपरिटेन्डेन्ट जोन रोचले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई नेपालका दुई साँस्कृतिक सामग्री हस्तान्तरण गरेका छन् ।
नेपाल फिर्ता गर्न लागिएका कला कृतिहरुमा सोह्रौं शताब्दीको काठको तोरना र अठारौं शताब्दीको नमस्कार मुद्रामा घुँडा टेकेका एक भक्तकोे ढुङ्गाको मूर्ति छन् ।
तीमध्ये तोरना सन् १९८०–१९९० को दशकमा काठमाडौंको हनुमानढोका दरबार स्क्वायरको पूर्वपट्टि रहेको कुमारी बहाबाट हराएको थियो ।
त्यस्तै, घुडाँ टेकेका भक्तको मूर्ति काठमाडौंको ओम बहालनजिकैको मन्जुश्री मन्दिरको बताइएको छ । सो मूर्ति सन् १९८० को दशकमा हराएको थियो ।
सो अवसरमा राजदूत आचार्यले नेपालबाट हराएका कला बस्तुको खोजीमा संलग्न महानगरीय प्रहरी र कला तथा पुरातात्विक वस्तु इकाइका सबै पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गरे ।

भैरहवामा धम्म यात्रा, बाटोमा फूल छरेर भिक्षुको स्वागत

ठमेलमा होली हंगामा हुँदै

भोजपुरको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीयवासी

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

मेलामार्फत लोक संस्कृति संरक्षण गरिँदै

जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भक्तजन

हराउँदै ढिकीजाँतोको प्रचलन

प्रतिक्रिया