धौलिगाड वृहत खानेपानी आयोजना कर्णाली प्रदेशको मेलम्ची हो : मन्त्री चौधरी

जुम्ला – खानेपानी मन्त्री उमाकान्त चौधरीले धौलिगाड वृहत खानेपानी आयोजना कर्णाली प्रदेशको 'मेलम्ची' भएको बताएका छन् ।
जुम्लामा सनिवार धौलिगाड वृहत खानेपानी आयोजनाको शिलान्यस गर्दै मन्त्री चौधरीले धौलिगाड खानेपानी आयोजना काठमाडौं उपत्यकाका लागि मेलम्ची जत्तिकै महत्वपूर्ण भएको बताएका हुन् । उनले भने, ‘काठमाडौंको मेलम्ची पनि चैत मसान्तभित्रै सञ्चालनमा आउँदैछ । धौलिगाड वृहत खानेपानी आयोजनामा साढे दुई बर्षमै सकिन्छ ।’
वृहत धौलिगाड खानेपानी आयोजना निर्माण १३ वर्ष अघि बढेको थियो । एक अर्ब २६ करोड लागतमा निर्माण हुन लागेको यो आयोजनाले साढे दुई वर्षभित्र स्थानीयको घरघरमा पानीको पहुँच पुर्याउने लक्ष्य राखेको छ । मन्त्री चौधरीले भने, ‘म जुम्लाबासीलाई अढाई वर्षभित्रै धौलिगाडको पानी खुवाउँछु । ढिलासुस्ती नगर्न माताहतका कर्मचारीलाई निर्देशन दिएको छु ।’
आयोजना निर्माण लागत एक अर्ब २६ करोड आठ लाख चार सय ९० रुपैयाँ छ ।

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया