दुर्घटनामा एक जनाको मृत्यु

सप्तरी - सप्तरीको पूर्व-पश्चिम लोकमार्गअन्तर्गत अग्निसाइर कृष्णसावरण गाउँपालिकामा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१च १६८३ नम्बरको पिकअप अनियन्त्रित भई पैदल यात्रीलाई ठक्कर दिँदा अग्निसाइर कृष्णसावरण गाउँपालिका ६ रत्वाला बस्ने ५५ वर्षीय दुखीलाल लेखीको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार गम्भीर घाइते भएका लेखिको उपचारका लागि राजविराजतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया