थपिए १०७ कोभिड-१९ संक्रमित, एकको मृत्यु

काठमाडौँ : मुलुकभर पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक पुष्टि भएको संख्यासँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ७५ हजार ६२५ पुगेको छ ।
त्यस्तै थप १ जना संक्रमितको कोभिडका कारण मृत्यु भएको छ । अहिलेसम्म नेपालमा तीन हजार १५ जनाको कोभिडका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै ५२ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म दुई लाख ७१ हजार ६१० निको भएको भएको मन्त्रालयल जनाएको छ ।
अहिले एक हजार जना आइसोलेसन र ५२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २२ लाख २७ हजार ५४७ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया