हामी एक्लै चुनाव लड्न तयार छौँ : पौडेल
काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादी एक्लै चुनाव लड्न तयार भएको बताएका छन् । बागलुङ काठमाडौं सम्पर्क समन्वय समिति काठमाडौं आयोजना गरेको बनभोज कार्यक्रममा बोल्दै उनले माओवादी एक्लै चुनावी प्रतिस्पर्धा गर्न तयार रहेको बताए ।
'हामी अरुभन्दा धेरै लचिलो छौं,' मन्त्री पौडेलले भने, 'हामी आफ्नै बुताले चुनाव लडेर जित्छौं । हामीले चुनाव जित्ने ठाउँ हिजो पनि थिए आज पनि छन् ।'
कांग्रेसका कार्यकर्ताले माओवादीको कारण परिर्वतन भएको भन्ने बहस भएको भन्दै सहिद परिवारले उनीहरूको सपना साकार पार्न सक्रियतापूर्वक राजनीतिमा लाग्न आग्रह गरे ।
माओवादीको कारण धर्म निरपेक्षता, संघीयता, समावेशी समानुपातिकलगायतका उपलब्धी हासिल भएको बताउँदै यसलाई भत्काउन प्रतिक्रियवादी लागेको आरोप लगाए ।
विचार, राजनीति, र दृष्टिकोण फरक भएपनि जिल्लाको विकासका लागि नेताहरू एकम रहेको भन्दै बागलुङको विकासका लागि जीवन रहनुन्जेल व्यत्तित् गर्ने बताए । यस्तै माओवादी केन्द्रीय सदस्य दिनानाथ शर्माले अहिले सरकारमा राख्ने र सडकमा पुर्याउने शक्ति माओवादी भएको बताए।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया