गठबन्धन होला र चुनाव जितौंला भनेर बस्ने होइन, माओवादी आफ्नै खुट्टामा उभिन्छ : प्रचण्ड

पोखरा - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी एक्लै, आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारीमा लागेको बताएका छन् ।
पोखरामा पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘निर्वाचन गठबन्धनबाट हुन्छ कि एक्लै हुन्छ भन्ने आम सवाल छ । हामी गठबन्धन होला र चुनाव जितौंला भनेर बस्ने होइन, आफ्नै खुट्टामा उभिने हो । आफ्नै संगठनलाई बलियो पार्ने हो ।’
जनताका मुद्दा माओवादीको प्रमुख एजेण्डा भएको भन्दै उनले त्यसैलाई लिएर चुनावमा जाने बताए ।
चुनावी तालमेलबारे प्रचण्डले सबैखाले सम्भावना खुला राख्ने बताए । ‘कांग्रेसका केही नेताले तुच्छ भाषा बोल्नुभयो । त्यसैले मैले एमालेसँग पनि गठबन्धन हुनसक्ने कुराको संकेत गरेको हुँ,’ उनले भने, ‘तर अहिले एमालेसँग गठबन्धन गर्ने कुरा छैन । यही गठबन्धन कायम रहन्छ ।’
उनले निर्वाचन तोकिएकै मितिमा हुने दाबी गरे । ‘हुन त नेपालमा चुनावको बिहान पनि हुन्छ कि हुँदैन भनेर शंका गर्छन् । म भन्छु स्थानीय निर्वाचन बैशाख ३० गते नै हुन्छ,’ उनले भने, ‘यसमा दुविधा पाल्नुपर्ने कुनै कारण छैन । चुनावको तयारीमा लाग्न म आग्रह गर्छु ।’ संविधान र अहिलेको व्यवस्थाको रक्षा गर्न माओवादी अन्तिमसम्म लड्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया