आइतबारदेखि राष्ट्रिय नाचघरमा बुद्ध थिएटर फेस्टिभल

काठमाडौं : भगवान गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउन तथा उनले प्रदान गरेका ज्ञानका विभिन्न आयाममाथि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा नयाँ बहस सृजना गर्ने उद्देश्यका बुद्ध थिएटर फेस्टिभल आयोजना हुने भएको छ ।
डबली थिएटरले बागमती प्रदेश सरकार र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरसँग मिलेर गर्न लागेको थिएटर फेस्टिभल चैत्र ८ गते देखि सुरु भएर चैत्र १४ गते सम्म चल्नेछ ।
राष्ट्रिय नाचघरको प्रेक्षालयमा सात दिन चल्ने फेस्टिभलमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गरी ७ वटा नाटकको मञ्चन एवं चर्या नृत्य तथा कार्यपत्र प्रस्तुत गरिनेछ । फेस्टिभलमा भारत र हङकङ एक एक नाटक रहेका छन् भने बाँकी ५ नाटक नेपालकै रहेका छन् ।
८ गते भारतीय नाटक निर्देशक दानी करमाकर निर्देशित ‘तथागत’सँगै फेस्टिभलको उद्घाटन हुनेछ भने अन्तिम दिन विरेन्द्र हमालको निर्देशन रहेको ‘प्रतीज्ञा समुद्पाद’ मञ्चन हुनेछ ।
फेस्टिभलमा विकास जोशीको निर्देशनमा रहेको ‘सिद्धार्थको गृहत्याग’, निशा पाख्रिनको निर्देशन रहेको ‘ट्यागमोलहुइजिन’ सुदीपजंग कार्कीको निर्देशन रहेको ‘मालिनी’, म्यान लीको निर्देशन रहेको ‘सिद्धार्थ इन हङकङ’ , सुदीप डंगोलको निर्देशन रहेको ‘विम्बको सपना’ मञ्चन हुनेछन् ।
आयोजक डबली थिएटरले रंगमञ्चको माध्यमबाट बुद्ध दर्शन तथा ज्ञान सम्पे्रषण गर्न केही वर्षयता बुद्ध थिएटर फेस्टिभल आयोजना गर्दे आइरहेको छ ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया