भक्तपुरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

भक्तपुर- भक्तपुर जिल्ला ब्याडमिन्टन सङ्घले प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । सङ्घले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो ।
सङ्घका अध्यक्ष राजेन्द्र प्रजापतिका अनुसार यही चैत ९ देखि १२ गतेसम्म भक्तपुरको लीलालीमा उक्त प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा ७७ जिल्ला र सातवटै प्रदेशका २०० भन्दा बढी खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा यू–१५ पुरुष र महिला, पुरुष र महिला एकल, पुरुष डबल्सलगायत ६ विधामा खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिता संयोजक नवीन प्रजापतिका अनुसार यू–१५ पुरुष र महिलातर्फ प्रथमलाई रु १५ हजार, द्वितीयलाई रु १० हजार र तृतीयलाई रु सात हजार ५००, पुरुष र महिला एकलतर्फ प्रथमलाई रु ३५ हजार, द्वितीयलाई रु २० हजार र तृतीयलाई रु १२ हजार ५०० तथा पुरुष डबल्सतर्फ प्रथमलाई रु ३० हजार, द्वितीयलाई रु १५ हजार र तृतीयलाई रु सात हजार ५०० पुरस्कार प्रदान गरिनेछ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया