आदर्श वन उपभोक्ता समूहका तत्कालीन दुई सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी बराह क्षेत्रस्थित आदर्श सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन दुई सचिवविरुद्ध मुद्दा दर्ता गरेको छ ।
समूहका तत्कालीन सचिव दीपक थापा मगर र जनक थापविरुद्ध आइतबार आयाेगले विशेष अदालतमा मुद्दा दर्ता गरेकाे हाे । थापा मगरले आफ्नो कार्यकालमा उपभोक्ताहरूबाट रसिद काटेर बुझेको २ लाख ९३ हजार ३७२ रुपैयाँ कोषमा दाखिला नगरेको अनुसन्धानबाट खुलेकाे अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डरीले बताए ।
उनका अनसार थापाले पनि आफ्नो कार्यकालमा उपभोक्ताहरूबाट रसिद काटेर बुझी लिएको ७० हजार ८५ रुपैयाँ कोषमा दाखिला नगरेको अनुसन्धानबाट खुलेकाे छ।
उनीहरूले सामुदायिक वनमा वृक्षारोपण र तार घेराको नाममा अत्याधिक रकम खर्च देखाएको, चेक काटी रकम हिनामिना गरेको, समूहमा दाखिला गर्नुपर्ने रकममा अनियमितता गरेको आरोपपत्रमा उल्लेख छ ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया