शर्मा भारतका लागि राजदूत नियुक्त

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शंकर शर्मालाई मित्रराष्ट्र भारतका लागि आवासीय राजदूत नियुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले शर्मालाई राजदूत नियुक्त गरेकी हुन् ।
मन्त्रिपरिषद्ले डा. शर्मालाई कात्तिक ११ मा भारतका लागि राजदूत सिफारिश गरेको थियो । संसदीय सुनुवाईको प्रक्रिया सकिएपछि परराष्ट्रले भारत सरकारसँग ‘एग्रिमा’ (स्वीकृति) का लागि पठाएको थियो ।
भारत सरकारले शर्माको तीन महिनापछि पठाएको हो । कोभिड–१९ र रुस–युक्रेन युद्धका कारण ‘एग्रिमा’ आउन केही ढिलाई भएको बुझिएको छ ।
डा. शर्माले युनिभर्सिटी अफ हवाई, अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका हुन् । शर्माले सिंगापुरमा रहेर इन्स्टिच्यूट अफ साउथ इस्ट एसियन स्टडिज् नामक थिंकट्यांकमा काम गरेका थिए ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष तथा एक कुशल अर्थशास्त्रीका रुपमा सार्वजनिक क्षेत्रमा रहेर आर्थिक नीति निर्माणमा लामो समय काम गरेका शर्माले अमेरिकाका लागि नेपालको राजदूत भएर आफ्नो कूटनीतिक क्षमता प्रदर्शित गरिसकेका छन् ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया