कर्णालीको पूर्वाधार विकामा स्वीस सरकारको चासो

जुम्ला – कर्णाली प्रदेशको पूर्वाधार विकासमा स्वीट्जरल्याण्ड सरकारका राजदूतले चासो व्यक्त गरेका छन् । कर्णालीको सडक, पुल लगायतका पूर्वाधार विकासबारे उनले चासो राखेका हुन ।
आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदम रोकायासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत जोन हडाबीचको भेटमा क्याप्लरले कर्णालीको पूर्वाधार विकासमा विशेष चासो व्यक्त गरेका हुन् ।
मोटरेवल स्थानीय सडक पुल कार्यक्रमको निर्देशन समितिको बैठकका अवसरमा स्वीस राजदूत र मुख्यमन्त्री शाही सहित भौतिक पूर्वाधार मन्त्री, मन्त्रालयका सचिव तथा पूर्वाधार विभागका प्रतिनिधिसँग छलफल भएको छ ।
स्वीस सरकारको प्राविधिक सहयोग कर्णालीमा लागु स्थानीय सडक पुल कार्यक्रमको चौथो चरणको योजना अन्तिम चरणमा छ । छलफलमा बोल्दै स्वीस राजदूत एलिजाबेथ भोन क्याप्लरले कर्णालीको पूर्वाधार विकास स्वीस सरकारको प्रथामिकतामा रहेको बताए ।
कर्णाली प्रदेश सरकारलाई लगानीमैत्री योजना तयार गर्न सुझाब दिँदै कर्णालीको पूर्वाधार विकासमा स्वीस सरकार थप आर्थिक तथा प्राविधिक सहयोग गर्न तयार रहेको उनले बताए । स्वीस राजदूतले कर्णालीको पूर्वाधार विकास प्रति देखाएको चासोले विकट कर्णालीको पूर्वाधारले गती लिने आशा गरिएको छ । यता कर्णाली सरकारले प्राथमिकतामा आधारित लगानीमैत्री योजना तयार गर्न थालेको छ ।
भौतिक पूर्वाधारतर्फ सडक र पुल निर्माणको लागि प्रदेश सरकारले प्राथमिकतामा आधारित लगानी योजना तयार गर्न लागेको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदम बहादुर रोकायाले बताए ।
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विकासलाई तिब्रता दिन प्राथमिकतामा आधारित लगानी योजना महत्वपूर्ण रहेको बताए । साथै उनले लगानीको चिन्ता नगरी विकास निर्माणका योजना कार्यान्वयनमा कर्मचारीलाई लापारवाही नगर्न निर्देशन निर्देशन दिए ।
उनले भने,“लगानी योजनाबारे आइतबार स्वीटजरल्याण्ड सरकारका राजदूत संग छलफल भयो । कर्णाली सरकार तत्काल लगानीमा आधारित योजना बनाउन तयार छ । लगानी गर्नुहोस भन्यौ । कर्णालीको पूर्वाधार विकासलाई गती दिने आधार तय गर्ने बाटो खुलेको छ ।”

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया