लेटाङ घटना : आक्रमणबाट महिला प्रहरीको मृत्यु भएपछि तनावग्रस्त, प्रशासनले जारी गर्यो कर्फ्यू

विराटनगर- जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिकामा अर्को सूचना जारी नभएसम्म कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको बताए ।
दक्षितर्फ वडा नं. ३ र ४ को गंगे चोक र वडा नं. ५ सवै, उत्तरमा वडा नं. ६ वडा कार्यालय क्षेत्र, पुर्वमा मोरङ्गी खोला र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको प्रजिअ दाहालले जानकारी दिए ।
लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले आफ्नै विद्यालयकी १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै आन्दोलित बनेका स्थानीय र प्रहरीबीच गएराती भएको झडपमा एक महिला प्रहरीको ज्यान गएको हो । आन्दोलनमा उत्रिएका स्थानीय प्रदर्शनकारीको अन्दाधुन्द आक्रमणमा परी आइतबार राती प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको थियो ।
स्थानीय आन्दोलनकारीको आक्रमणपछि भएको झडपमा २८ जना प्रहरी र ७ जना प्रदर्शनकारीहरु घाइते भएको जानकारी आएको प्रजिअ दाहालले जानकारी दिए । अहिले कर्फ्यू लगाइएको क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जनाइएको छ । घटनापछि उत्पन्न हुने असामान्य परिस्थिति नियन्त्रणका लागि कर्फ्यु आदेश लगाउनु परेको प्रजिअ दाहालले बताए ।

चार जिल्लाका ११ स्थानीय तह‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै

करेन्ट लागेर माओवादी गाउँपालिका कार्यसमिति सदस्यको मृत्यु, अर्का एक जना घाइते

‘नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी पुर्याउने लक्ष्य छ’

हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु

मुन्दुम पदमार्गलाई ‘तपोभूमि’का रूपमा विकास गरिँदै
तीनतलेका किसानले व्यवसायिक चिराइतो खेतीबाट १२ लाखसम्म आम्दानी लिँदै

हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

प्रतिक्रिया