रियलको मैदानमा बार्सिलोनाको सान

काठमाडौँ- भ्रमणकारी टोली बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल अन्तर्गत एल क्लासिक भिडन्तमा घरेलु टोली रियल मड्रिडमाथि ४-० अन्तरको सानदार जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले सानदार प्रदर्शन गर्दै एल क्लासिकको लगातार पाँचौ हारको अन्त्य गरेको हो ।
जाभी होर्नाण्डेजको नेतृत्वमा रहेको बार्सिलोनालाई जिताउन पिएरे एमरिक अबमेयाङले दुई तथा रोनाल्ड अरुजो र फेरान टोरेसले एक-एक गोल गरे ।
खेलको २९औं मिनेटमा अबमेयाङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ३८औं मिनेटमा रोनाल्डले गोल गर्दा रियल घरेलु मैदानमा सुरुवातमै २-० ले पछि रह्यो ।
४७औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ५१ औं मिनेटमा अबमेयाङले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को सहज जित दिलाए ।
हारका बाबजुद रियल शीर्ष स्थानमा यथावत छ । उसको ६६ अंक रहेको छ ।जितसँगै बार्सिलोना २८ खेलबाट ५४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया