साइबर आक्रमण रोक्ने संयन्त्रका लागि ४ कम्पनी सर्टलिस्ट

काठमाडौँ - नेपाल दुरसञ्चार प्राधिकरणले दुरसञ्चार सेवालाई साइबर आक्रमणबाट जोगाउनका लागि ४ कम्पनीलाई सर्ट लिस्ट गरेको छ । प्राधिकरणले सिमुलेसन ल्याब तथा कम्प्युटर इमरजेन्सी रेसपोन्स टिम (सिइआर्टी) का लागि ४ कम्पनी सर्टलिस्ट गरेको हो ।
सर्टलिस्टमा १ नेपाली तथा अन्य ३ विदेशी कम्पनी रहेका छन् । भारतीय २ कम्पनी, १ पोल्यान्ड तथा १ नेपाली कम्पनी सर्टलिस्ट गरेको हो । भारतको इआरएनएसटी एन्ड योङ एलएलपी, फाल्कन-राकम जेभीका, पोल्याण्डको पेन्टाकम्प सिस्टमी तथा नेपाली सुबिसु केबलनेटलाई सर्टलिस्ट गरेको प्राधिकरणले एक सूचना मार्फत जानकारी दिएको छ।

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

सुनको मूल्य बढ्यो

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

प्रतिक्रिया