सञ्जिवको ‘नहेर मलार्ई’ सार्वजनिक

गायक सञ्जिव पराजुलीको नयाँ गीत ‘यसरी नहेर मलाई’को भिडियो सार्वजनिक भएको छ । गीतमा होमनाथ न्यौपानेको शब्द, सचिन सिंहको संगीत तथा गोपाल रसाइलीको एरेन्ज छ ।
‘दी भ्वाइस अफ नेपाल’को स्टुडियोमा छायांकन गरिएको भिडियोमा गायक सञ्जिव फिचर्ड छन् । भिडियोमा वाद्यवादकहरु कृपेश ढकाल, एलेक्स डी प्रसन्न, अदित मगर र विक्रम थापालाई पनि देख्न सकिन्छ । गीतले एक युवतीप्रति एक युवकको प्रेमभावलाई व्यक्त गरेको छ ।
लक्ष्मण पौडेलले निर्देशन गरेको भिडियोमा अर्जुन तिवारी एण्ड टिमको छायांकन, सोहन मानन्धरको सम्पादन तथा रंग संयोजन छ । गायक पराजुलीका ‘कर्के नजर’, ‘नाइँ मलाई थाहा छैन’, ‘पहिलो भेटैमा’, ‘हिट हिट गीत’, ‘छैन मलाई पीर’, ‘झिलमिल झिलमिल’, ‘त्यो सपना’, ‘तिमी मलाई मन पर्छ’, ‘चाहनामा’ गीत रुचाइएका गीतमा पर्छन् ।

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

प्रतिक्रिया