‘वेस्ट साइड स्टोरी’ अभिनेत्री राचेलले पाइनन् अस्करमा निम्ता

लसएन्जल्स - ‘वेस्ट साइड स्टोरी’ अभिनेत्री राचेल जेगलरले अस्कर अवार्डबाट आफूलाई निम्ता नआएको बताएकी छिन् । जबकि यो फिल्म अस्करमा ७ विधामा मनोनयनमा छ ।
राचेलले आइतबार सामाजिक सञ्जालमा तस्बिरहरू राख्दै वर्षको मध्य राम्रैसँग बितेको क्याप्सन राखेकी थिइन् । ती फोटोमा कमेन्ट गर्ने क्रममा एक फ्यानले उनलाई अस्करको रेड कार्पेटमा देख्ने प्रतीक्षामा रहेको बताएका थिए । फ्यानको कमेन्टमा उनले आफूलाई निम्ता नै नआएकी बताएकी हुन् । सँगै उनले अस्करमा आफ्नै घरको बैठकमा बसेर हेर्ने पनि बताएकी थिइन् ।
उनले निम्ता नपाएको बताएपछि कमेन्ट सेक्सन अस्कर अवार्डलाई गरिएका गालीले भरिएका थिए । उनले तिनमा पनि प्रतिक्रिया दिँदै आफूलाई पनि नरमाइलो लागेको तर तीन वर्ष गरेको अथक मेहनतले अस्करसम्मको यात्रा तय गरेकोमा खुसी लागेको बताएकी थिइन् ।
अस्करले हरेक विधामा मनोनयमा परेकालाई दुइटा टिकट र बाँकी टिकट फिल्म प्रडक्सन कम्पनीलाई बाँड्ने गरेको छ । यो फिल्मलाई डिज्नेले निर्माण तथा वितरण गरेको हो । राचेलले जनवरीमा भएको एउटा अवार्डमा यही फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । राचेल अभिनेत्रीको विधामा कोलम्बियाबाट कलिलो उमेरमा अवार्ड जित्ने पहिलो अभिनेत्री बनेकी थिइन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया