आमा बन्दै सोनम कपुर

काठमाडौं - बलिउड अभिनेत्री सोनम कपुर आमा बन्ने भएकी छन् । उनले पति आनन्द आहुजासँगको आफ्नो ‘बेबी बम्प’ तस्बिर सेयर गर्दै आफू आमा बन्न लागेको घोषणा गरेकी हुन् । सोनमको यो निर्णयले बलिउडमा खुसीको माहोल छाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
‘चार हात, तिम्रो सबैभन्दा राम्रो ख्याल राख्नका हामी गर्न सक्छौं । दुई मुटु, जो तिमी सँगसँगै धड्किनेछ हरेक बाटोमा । हाम्रो परिवार, तिमीलाई प्रेम बर्साउनेछ र सहयोग गर्नेछ । हामी तिमीलाई स्वागत गर्न अब अरु समय पर्खन्नौं’, सोनमले इन्स्टाग्राममा तस्बिरसहित लेखेकी छन् ।
सामाजिक सञ्जालमा वाणी कपूर, करीना कपूर, अंशुला, खुसी, अबू जानी, जाह्नवी कपूरलगायतले सोनमलाई बधाई दिएका छन् ।
सोनमले विवाहको चार वर्षपछि पहिलो सन्तानलाई जन्म दिँदैछिन् । उनले सन् २०१८ मे ८ मा आनन्दसँग विवाह गरेकी थिइन् । विवाहपछि फिल्मबाट टाढिएकी सोनम अधिकांश समय पतिसँग लन्डनमा बस्दै आएकी छन् । परिवारका अनुसार आगामी अगस्ट र सेप्टेम्बरसम्ममा सोमन र आनन्दको परिवारमा नयाँ सदस्यको प्रवेश हुनेछ ।

'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१' सकियो

सन्नी देओलको 'हनुमान लुक' सार्बजनिक

दुई दिनमा ४५ करोड बढी कमाएको एउटा फिल्म

ओकिलीको नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक

साउदी अरबले बनाउने ५ महत्वकांक्षी फिल्म कस्ताे हुनेछ ?

भाजपा सांसद कंगना र आर माधवन १० वर्ष पुनः पर्दामा सँगै

राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसको ननस्टप १७ फिल्म भएको थियो सुपरहिट

प्रतिक्रिया