सलमान खान अभिनित ‘टाइगर ३’ नेपालमा सुटिङ हुने चर्चा

काठमाडौं - भारत झैँ नेपालमा पनि उत्तिकै फ्यान फ्लोअर्स भएका बलिउड अभिनेता सलमान खान नेपाल आउने चर्चा बेलाबखतमा हुने गरेको छ । तर, अहिलेसम्म उनी नेपाल आएका छैनन् ।
सलमानको एक सांगीतिक टुर नेपालमा हुने भनिए पनि अन्तिम समयमा रोकिएको थियो । साथै, आइफा अवार्डमा आउने भनिए पनि सो अवार्डप्रति तीव्र विरोध भएका कारण नेपालमा भएन । यस्तै कारणले गर्दा नेपाल आउन नसकेका सलमान अब आगामी मेमा नेपाल आउने चर्चा चलेको छ ।
उनको प्रतीक्षित फिल्म ‘टाइगर ३’ को केही दृश्य छायांकनका लागि सलमान नेपाल आउने चर्चा बढेको छ । उनले नेपालमा कन्सर्ट गर्ने भनिएको समयकै आसपास पारेर फिल्मको छायांकन हुनसक्ने बताइएको छ । यद्यपि यसबारे आधिकारिक रूपमा सम्बन्धित पक्षले केही बताएको छैन ।
यस अगाडि पनि अक्षय कुमार, अनुपम खेरलगायतका कलाकारहरूको फिल्म छायांकनको अनुमति अन्तिम समयमा लिएको हुनाले सलमानको हकमा पनि त्यही हुनसक्ने बताइएको छ ।
फिल्ममा सलमानले स्पाई एजेन्ट टाइगर अर्थात् अभिनाशसिंह राठौरको भूमिका निर्वाह गरेका छन् । उनको फिल्मको छायांकन धेरै देशमा गरिएको छ । यसैले गर्दा केही दृश्य नेपालको पनि छायांकन गर्नसक्ने बुझिएको छ ।

'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१' सकियो

सन्नी देओलको 'हनुमान लुक' सार्बजनिक

दुई दिनमा ४५ करोड बढी कमाएको एउटा फिल्म

ओकिलीको नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक

साउदी अरबले बनाउने ५ महत्वकांक्षी फिल्म कस्ताे हुनेछ ?

भाजपा सांसद कंगना र आर माधवन १० वर्ष पुनः पर्दामा सँगै

राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसको ननस्टप १७ फिल्म भएको थियो सुपरहिट

प्रतिक्रिया