काठमाडौँ रेजर्समा बाल गोपाल र विकेश, विराटनगरको मार्की प्लेयरमा रन्जित

काठमाडौँ: नेपाल सुपर लिग (एनएसएल) मा सहभागी हुन लागेको काठमाडौँ रेजर्सले बाल गोपाल महर्जनलाई प्रशिक्षकमा नियुक्त गरेको छ । त्यसैगरी विकेश कुथु मार्की प्लेयरका रुपमा अनुबन्धित भएका छन् ।
बिहीबार काठमाडौँमा एक कार्यक्रमकाबीच राष्ट्रिय टोलीका समेत मुख्य प्रशिक्षक रहेका बाल गोपाल र राष्ट्रिय टोलीकै गोलरक्षक विकेश काठमाडौँ रेजर्ससँग आबद्ध भएको घोषणा गरियो । मोरङ अटो वक्र्सको स्वामित्वमा रहेको काठमाडौँ रेजर्सले अनुबन्धनको रकम भने खुलाएको छैन ।
बैशाख ११ बाट दशरथ रंगशालामा सुरु हुने प्रतियोगिताको अर्को टिम विराटनगर सिटी एफसीले राष्ट्रिय टोलीका रक्षक रन्जित धिमालाई मार्की प्लेयरका रुपमा भित्र्याएको छ ।
बिहीबार नै काठमाडौँमा पत्रकार सम्मलेनको आयोजना गरी रन्जितलाई अनुबन्ध गरिएको घोषणा गरियो । गत सिजन मछिन्द्र क्लबले शहिद स्मारक ए डिभिजन लिग जित्दा रन्जित प्रवेश कटवालको नेतृत्वमा रहेको टिमको मुख्य खेलाडीमध्येका एक थिए ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया