गोल्डकपको फाइनलमा नेपाल आर्मी र मकवानपुर-११ भिड्ने

हेटौंडा : हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा शनिबार नेपाल आर्मी र घरेलु टोली मकवापुर-११ भिड्ने भएका छन् ।
बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अफ्रिकन रुट्स एसोसिएसन (अरास) लाई १-० गोलले हराउँदै आर्मीले फाइनलमा मकवानपुर-११ सँगको भेट पक्का गरेको हो ।
आर्मीका आशिष शाक्यले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दी म्याच आर्मीका टेक बहादुर बुढाथोकी घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।
खेलको विजेतालाई नगद १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछन् । शनिबार हुने फाइनल खेल हेर्न दर्शकले ३ सयको टिकट काट्नुपर्ने आयोजकले जनाएको छ ।
यसअघि नकआउट चरणको खेल हेर्न दर्शकले १ सय र सेमिफाइनल खेल हेर्न १ सय ५० रुपैयाँको टिकट काटेका थिए । फाइनल खेल ४ हजार दर्शकले हेर्न सक्ने आयोजक मकवापनुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले जानकारी दिए ।

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

कमल थापाले जिते टेनिस उपाधि

प्रधानसेनापति टेनिस प्रतियोगिता बैशाख २१ गतेदेखि काठमाडौँमा

गोधुली रनिङ कपको उपाधि धरान–१४ लाई

प्रतिक्रिया