संसद् विघटनबारे सर्वोच्चको फैसला गलत भनेर जाने हो भने संविधान भत्किन सुरु हुन्छः भुसाल
काठमाडौँ - नेकपा एमालेका नेता घनश्याम भुसालले संसद् विघटनबारे सर्वोच्च अदालतले गरेको फैसला गलत छ भनेर जाँदा संविधान भत्किन सुरु हुने बताएका छन् । मंगलबार काठमाडौँमा पत्रकारहरूसँग कुराकानी गर्दै भुसालले सर्वोच्चको फैसला गलत हो भनेर एमाले चुनावमा जाने हो भने संविधान भत्किने बताएका हुन् ।संसद् विघटन र पुनःस्थापना इतिहासको घटना भइसकेको भुसालको भनाइ छ ।
‘पुस ५ मा गरिएको विघटन स्वयं अदालतले खारेज गरिदिएको छ । संविधान रहेसम्म यो उल्टिँदैन । अब विघटन हुने सम्भावना छैन,’ उनले भने, ‘यदि सर्वोच्चको त्यो निर्णय(फैसला) गलत छ भनेर जाने हो भने संविधान भत्किन सुरु हुन्छ । त्यो अदालतले टुंग्याइसक्यो । इतिहास भइसक्यो ।’

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया