फुटबल टिम वर्षको उत्कृष्ट

काठमाडाैं - पूरा मानवजातिमाथि नै संकट निम्त्याउने गरी कोभिड- १९ को महामारी सुरु हुँदा अघिल्लो वर्ष जनजीवन निक्कै कष्टकर थियो । मानिसले मानिसलाई भेट्न डराउनु पर्ने अवस्था सृजना भयाे । पूरा विश्वभर सामान्य जनजीवन बर्जित हुँदा जमघट हुने सबैखाले क्रियाकलाप बन्द थिए ।
खेलकुद कोभिड १९ को सबभन्दा ठूलो तारो थियो । घरघरमै थुनिएका निराश मानिसहरूलाई मन बहलाउनका लागि अध्ययन, टेलिभिजन र इन्टरनेटको मात्र सहारा थियो ।
नेपाली खेलकुद पनि महामारीबाट पूर्ण रुपमा प्रभावित भयो । एउटै टिममा ११ जना खेलाडी मैदान उत्रिनुपर्ने, बेन्चमा पनि कम्तिमा सात खेलाडी हुने फुटबल बिथोलिनु स्वभाविक थियो ।
महामारीकै कारण एसियाली महारथी अस्ट्रेलियाविरुद्ध दशरथ रंगशालामा हुने तय भएको विश्वकप छनोटको घरेलु खेल अन्तिम समयमा रद्द भयो । जसबाट सबभन्दा बढी नेपाली समर्थकहरू निराश भए ।
त्यही निराशा मेटाउन होला अखिल नेपाल फुटबल संघले गत वर्ष चैतमा दशरथ रंगशालामै बंगलादेशको राष्ट्रिय टोली र किर्गिस्तानको २३ वर्षमुनिको टोली बोलाएर त्रिदेशीय कप आयोजना गर्याे । जसमा नेपाल च्याम्पियन बन्यो ।
महामारीको तनावका बीच समग्र नेपालीलाई खुसी दिन सफल भएकै कारण नेपाली राष्ट्रिय फुटबल टोलीले ‘टिम अफ दी इयर’को सम्मान हासिल गरेको हो ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया