पीएनजीविरुद्ध नेपालको सानदार जित

काठमाडौं – ‘क्रिकेट वर्ल्ड कप लिग टू’ अन्तर्गतको खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध जित हात पारेको छ । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा जारी प्रतियोगिता अन्तर्गतको चौथो खेलमा ७ विकेटको जित नेपालले हात पारेको हो ।
नेपाललाई जित दिलाउने क्रममा नेपालका ओपनर कुशल भुर्तेलले ५० रन र टप अर्डर ब्याट्सम्यान आरिफ शेखले ५९ रन बनाए ।
यो दुबईमा जारी लिग अन्तरगतको चौथो खेलमध्ये दोस्रो जित हो । यसअघि, अघिल्लो जित पनि पीएनजीविरुद्ध नै थियो । यूएईसँगको दुई वटा खेलमा भने नेपाल निरन्तर हारेको थियो । लिगको विजेता टोली सन् २०२३ मा हुने एक दिवसीय अन्तर्राष्ट्रिय विश्वकपका लागि छनोट हुनेछ ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया