नेपाल सुपर लिगको अक्सनमा १५८ खेलाडी

काठमाडौँ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आउँदो वर्ष वैशाखमा आयोजना हुने नेपाल सुपर लिग फुटबल (एनएसएल)का लागि अक्सनमा १५८ खेलाडीको नाम सार्वजनिक गरेको छ ।
अक्सन शुक्रबार हुँदैछ । नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टले एन्फाको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । एन्फाले अक्सनका लागि आज ए, बी र सी श्रेणी गरी खेलाडीको नाम सार्वजनिक गरेको हो । अक्सनमा राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका ए श्रेणीका ३५ खेलाडीलाई समेत सहभागी गराइने एन्फाले जनाएको छ । यस्तै अक्सनमा ६५ बी श्रेणीका तथा ५८ सी श्रेणीका खेलाडी रहेका छन् ।
एन्फाको प्राविधिक समितिले खेलाडीको सूची सार्वजनिक गरेको हो । आगामी वर्ष वैशाख ११ देखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा हुने सुपर लिगमा सात फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । दुई सातासम्म सञ्चालन हुने सो प्रतियोगिता सिङ्गल राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुनेछ ।
नाम सार्वजनिक गरे पनि खेलाडीको न्यूनतम पारिश्रमिक भने खुलाइएको छैन । एउटा टोलीमा बढीमा २० खेलाडी आबद्ध हुनेछन् । प्रत्येक टोलीले तीन विदेशी खेलाडी खेलाउन पाउने छन् भने दुई स्थानीय खेलाडी अनिवार्य सहभागी गराउनुपर्नेछ । उक्त प्रतियोगितामा काठमाडौँ रेजर्स एफसी, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ । रासस

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

प्रतिक्रिया