महाधिवेशन अघि नै प्याब्सन अध्यक्ष निर्विरोध, अरू आजबाट चयन हुँदै

काठमाडौँ- निजी क्षेत्रबाट सञ्चालित विद्यालयको संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मा महाधिवेशन अघि नै अध्यक्ष निर्विरोध चयन भएका छन् ।
आगामी तीन वर्षे कार्यकालका लागि महाधिवेशन अगावै सहअध्यक्ष डिके ढुंगाना अध्यक्षमा निर्विरोध भएका हुन् । अन्य पदाधिकारी, केन्द्रीय सदस्यलगायतको चयन गर्न आजबाट महाधिवेशन सुरु हुने भएको छ ।
काठमाडौंमा आजबाट सुरु हुने प्याब्सन १५ औँ राष्ट्रिय महाधिवेशनले अध्यक्षसहित निर्विराेध भएकासहित २७ पदाधिकारीसहित ६६ जनाको केन्द्रीय कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा २ हजार ३ सय प्रतिनिधिले सहभागिता जनाउँदै छन् ।

प्रभावकारी बन्दै सिक्दै कमाउँदै

अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय आज र भोलि बन्द

अत्यधिक गर्मीले इनरुवा र इटहरीका विद्यालयमा बिदा

गर्मी बढेपछि भरतपुरका विद्यालयमा तीन दिन बिदा

प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

प्रतिक्रिया