लोकतन्त्रको रक्षाका लागि स्थानीय तहको निर्वाचनमा बहुमत हासिल गर्नुपर्छः ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा बहुमत हासिल गर्ने दिशामा अघि बढ्न नेताहरूलाई निर्देशन दिएका छन् ।
बुधबार काठमाण्डौमा सुरु केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलनको सबैभन्दा ठूलो र पुरानो शक्ति एमाले भएकाले लोकतन्त्रको रक्षाका लागि स्थानीय तहको निर्वाचनमा बहुमत हासिल गर्नुपर्ने बताएका हुन् ।
द्वन्द्व र हिंसाबाट गुज्रिएको मुलुकमा दिगो शान्ति स्थापना तथा सुशासन र भ्रष्टाचार मुक्तगरी देशलाई समृद्ध नेपाल सुखी नेपालीसम्म पुराउने अभिभारा पुरा गर्न बहुसंख्याको अभिमतबाट स्थानीय तहको निर्वाचन जित्नुपर्ने उनको तर्क थियो ।
उनले भ्रमपुर्ण, सत्तापक्षीय र जनविरोधी प्रचारहरू भएको दाबी गर्दै त्यसविरुद्ध बहुसंख्याको अभिमत प्राप्तगरी स्थानीय तहको निर्वाचनबाट पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया