२५ वर्षपछि धिरजको ‘लुकी लुकी’ भिडियो रिमेक

काठमाडौँ - गायक धिरज राईको सुपरहिट गीत ‘लुकी लुकी’ २५ वर्षपछि भिडियोमा फेरि सार्वजनिक गरिएको छ । २५ वर्ष अगाडि नेपाल टेलिभिजनमा खिचिएको गीतको भिडियोमा धिरज राईलाई मात्र देख्न सकिन्छ । तर, ट्रि इन्टरटेन्मेन्टले यसलाई नयाँ स्वरुपमा खिचेको छ ।
धिरज राईको स्वर, शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् । भिडियोमा नायिका आँचल शर्माको साथमा दुई कलाकार राज र डेलविसको नृत्य हेर्न सकिन्छ ।
किर्तिपुर सिनेप्लेक्समा आयोजित कार्यक्रममा बोल्दै धिरजले दर्शकले नयाँ भिडियो माग गरेकाले भिडियो बनाएको जानकारी दिए । भने–‘मलाई दर्शकले सधै गीतको भिडियो बनाउन भन्नुहुन्थ्यो । युट्युबमा गएर गीत खोज्दा २५ वर्ष अगाडिको पुरानो भिडियो मात्र देखिन्थ्यो । अहिले गीत हेर्ने पनि जमाना भएकाले भिडियो बनाउने निर्णय गरेको हुँ ।’
भिडियोमा उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन छ । कार्यक्रममा बोल्दै नायिका आँचल शर्माले आफूले सानैबाट सुन्दै आएको हिट गीतमा काम गर्न पाउँदा खुसी लागेको बताइन् ।
निर्देशक माइकल चन्दले पनि यो गीतको भिडियो निर्देशन गर्न पाउनु आफ्ना लागि चुनौती र अवसर दुवै भएको सुनाए । कार्यक्रममा शुभकामना दिदै नायक शिव श्रेष्ठले एउटा सफल गीतमा कलाकारहरुले उत्कृष्ट काम गरेको बताए ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया