गृहमन्त्री आउने भएपछि सप्तरीमा सडक मर्मत गरिँदै

सप्तरी -गृहमन्त्री बालकृष्ण खाँण आउने भएपछि तीन वर्षदेखि अलपत्रमा रहेको सडकको हतारहतारमा मर्मत गरिँदै छ । बोदेबर्साइन नगरपालिकाको दुई पुलकाे उद्घाटन गर्न गृहमन्त्री खाँण आउने भएपछि हुलाकी सडक बोदेबर्साइन बजार अन्तर्गत लगभग एक सय मिटर सम्पन्न हुन नसकेको सडकको मर्मत गर्ने कार्य हतारमा भइरहेको स्थानीयले बताएका छन्।
बोदेबर्साइन नगरपालिका-५ मा रहेको खडक नदी पुल,वडा नम्बर ३ कुश्मुहारको पुल र बलान बिहुल गाउँपालिका- १ मा रहेको बलान नदीको उद्घाटन गर्न गृहमन्त्री खाँण आउन लागेपछि सडक मर्मतसँगै सरसफाइ गरी चिटिक्क पारिँदै छ।
यही बाटोबाट प्रमुख अतिथि, विशिस्ट अतिथि र अन्य अतिथिहरूको आगमन हुने भएकोले सडक मर्मत गर्ने कार्य हतारमा गरिँदैछ, स्थानीय उमेश साहले बताए।
न्युज कारखाना

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया