'सरी मम'को छायांकन सुरु
काठमाडौँ - बिहीबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै सिनेमा 'सरी मम'को छायांकन सुरु गरिएको छ । क्यामेरा पुजा गर्दै थालिएको छायांकन अभिनेत्री सरीता लामिछाने र प्रभात पलले मुहूर्त सर्ट दिएका थिए । निर्माता तथा वितरक गोपाल काजी कायस्थले क्ल्याप हानेको मुर्हुत सर्टको निर्देशन रञ्जित रानाले गरेका थिए ।
विनोद लामाको प्रस्तुतीमा निर्माण हुने सिनेमामा सरिता र प्रभातका अलवा सरोज खनाल, विजय लामा, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाई र प्रविल कटुवालको अभिनय रहने छ । सिनेमाको सम्पुर्ण छायांकन बागमती र गण्डकी प्रदेशमा गरिनेछ ।
एनएफआई क्रियसनको व्यानरमा निर्माण हुने सिनेमालाई नविन बोगटीले निर्देशन गर्दैछन् । उनले निर्देशनबाट निर्देशनमा डेव्यु गर्दैछन् । ३० को छायांकन सेड्युल राखिएको सिनेमालाई दीर्घ गुरुङले छायांकन गर्नेछन् । सामाजिक कथावस्तुमा निर्माण गरिने सिनेमा आगामी बर्षको दशैं र तिहारको बीचमा रिलिज गरिने निर्माता विनोद लामाले बताए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया