मेलिनाको ‘मन मनै त हो’ मा अमिका र ध्रुव

काठमाडौं - गायिका मेलीना राईको स्वरमा तयार भएको ‘मन मनै त हो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लण्डनका चर्चित युवा निर्देशक कुशल श्रेष्ठको छायाङ्कन, सम्पादन र निर्देशनमा अर्को नयाँ रोमाञ्चक म्यूजिक भिडियो एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको हो ।
लण्डन प्लमस्टिडस्थित गोर्खा क्लबमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको मोडल अमिका महत क्षेत्रीको ‘मन मनै त हो’का शब्द अर्जुन रत्न भिखारीका हुन् । सुनिल मास्केको संगीत, मेलिना राईको स्वर रहेको गीतमा लण्डनका विभिन्न रमणीय दृश्य समेटेर भिडियो बनाइएको छ ।
म्युजिक भिडियोमा लण्डनका लोकप्रिय नायक ध्रुव दत्त र अमिका महतको अभिनय रहेको छ । मिसेस नेपाल यूकेमा सहभागी अमिकाको यो डेब्यू प्रोजेक्ट हो । म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा कलाकारहरु ध्रुव दत्त र अमिका क्षेत्रीले आ–आफ्नो अनुभव सुनाएका थिए । उनीहरुले कुशलको निर्देशकीय क्षमता र गाइडेन्समा काम गर्न निकै सहज भएको बताए ।
वक्ताहरुले बेलायतमा सीमित श्रोत र साधनका बीचपनि म्यूजिक भिडियो निरन्तर आइरहनु नेपाली गीत–संगीत र श्रष्टाका लागि सकारात्मक पक्ष भएको धारणा राखे । पहिलोपटक म्यूजिक भिडियोमा अभिनय गरेकी अमिका चर्चित नाट्यकर्मी स्वर्गीय जीतेन्द्र महत अभिलाषीकी सुपुत्री हुन् । अमिकाले म्यूजिक भिडियो हेरेर आफ्नो पहिलो प्रयासमा भएका कमी कमजोरी औंल्याइदिन आग्रह गरेकी छन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया