पल शाहको मुद्दामा बहस जारी, आजै आदेश आउन सक्ने

काठमाडाैँ- नाबालिग गायिकालाई ललाइफकाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहविरुद्धको मुद्दामा आज आदेश आउन सक्ने जनाइएको छ । जिल्ला अदालत तनहुँका श्रेष्तेदार मिनबहादुर कुँवरका अनुसार सम्भवतः आज आदेश दिइने छ ।
शाहविरुद्धको मुद्दामा अहिले पनि बहस जारी छ । पीडित नाबालिगको तर्फको बहस भने हिजो नै गरिएको थियो । ‘आज बेलुकासम्म बहस सकिन सक्छ, आदेश के हुन्छ हेरौं । बहस चलिरहेको छ,’ कुँवरले भने ।
सोमबार मात्र प्रहरीले अनुसन्धान सरकारी वकिल कार्यालयमा पेश गरेको थियो । उनीमाथि अनुसन्धान सकिएकाले रायसहित मिसिल वकिल कार्यालय पुर्याइएको हो । बलात्कारको उजुरी परेको केही दिनपछि आफैँ तनहुँ प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका शाहलाई प्रहरीले दुई चोटि म्याद थपेर अनुसन्धान गरेको थियो । शाहमाथि विभिन्न प्रलोभनमा पारेर नाबालिगलाई बलात्कार गरेको उजुरी उनीमाथि छ ।
पीडित नाबालिगको तर्फबाट उनका बाबुले तनहुँ प्रहरीमा उजुरी दिएका थिए । नवलपरासीमा यसअघि नै उनीविरुद्ध मुद्दा दर्ता भइसकेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया