अनलाईन प्रणाली प्रयोग गरी स्थानीय तहबाटै आर्थिक सहायताका लागि निवेदन दिन सकिने

काठमाडौं – अनलाईन प्रणाली प्रयोग गरी स्थानीय तहबाटै आर्थिक सहायताका लागि निवेदन दिन सकिने भएको छ । वैदेशिक रोजगार नियमावली, २०६४ (पाँचौ संशोधन) मा व्यवस्था भए अनुसार स्थानीय तहबाटै आर्थिक सहायताका लागि निवेदन दिन सकिने भएको हो ।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएको कामदारको करार अवधिमा वा करार अवधि समाप्त भएको एक वर्षभित्र कुनै कारणले मृत्यु, अंगभंग वा गम्भीर बिरामी भएमा उनीहरुले आर्थिक सहायता पाउने भएका हुन् ।
घटना घटेको मितिले एक वर्षभित्र बोर्डबाट नियमानुसारको आर्थिक सहायता वा क्षतिपूर्तिका लागि स्थानीय तह मार्फत् समेत निवेदन दिन सकिने भएको हो ।
नियमावलीमा रहेको उक्त व्यवस्थालाई थप सरल र सहज बनाउने उद्देश्यले बोर्डको सचिवालयबाट अनलाईन सफ्टवेयर प्रणाली ‘फेमिस’ को विकास गरी कार्यान्वयनमा ल्याउन लागिएको छ ।
यसका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तर निर्णयले वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणाली (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७८ समेत स्वीकृत भई कार्यान्वयनमा आएको छ । उक्त कार्यविधिको दफा ४ मा उल्लेखित सबै सेवाहरु बोर्डको सचिवालयबाट अनलाइन प्रणाली मार्फत् उपलब्ध गराइने वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा बढ्यो लिटरमै पाँच रूपैयाँ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

आज सुन प्रतितोला कतिमा कारोबार हुँदैछ?

स्काइवाक काठमाडौँ तेस्रो वर्षमा, ३ महिनासम्म पाहुनालाई नि:शुल्क कप उपहार

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

प्रतिक्रिया