...त्यसपछि रामचन्द्र पौडेलले आफैँलाई धन्यवाद दिए

तनहुँ - बिहीबार तनहुँ सदरमुकाम दमौलीमा आठौँ तनहुँ महोत्सवको उद्घाटन चल्दै थियो । तनहुँ उद्योग वाणिज्य संघले विपी वनबाटिकामा आयोजना गरेको महोत्सवको उद्घाटनमा प्रमुख अतिथि थिए, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ किसानले महोत्सवलाई सम्बोधन गरेपछि पालो थियो, कांग्रेस नेता रामचन्द्र पौडेलको । सम्बोधनको क्रममा नेता पौडेलले आफैँले आफैँलाई धन्यवाद दिएका छन् । उनले एमसीसीको पक्षमा कसैले बोल्ने आँट नगरेको बेला एमसीसी पास गर्नुपर्ने पक्षमा आफूले मुख खोलेको भन्दै आफैँलाई धन्यवाद दिए ।
‘एमसीसीको पक्षमा बोल्न कसैले आँट गरेका थिएनन् । एमसीसी राष्ट्रघाती हो । के के हो भनेर दुनियाँभरको प्रचार गरिएको थियो । त्यस्तो अवस्थामा एमसीसीको पक्षमा खुला रुपमा पास गर्नुपर्छ भनेर मैले जनमत सिर्जना गर्न मुख खोलेकोमा, मुख खोल्न नसकेकाहरूको मुख पनि खुलाइदिएकोमा म आफैँलाई पनि धन्यवाद दिन चाहान्छु’, उनले भने ।
नेपालमा विद्युत् विकास गरेर मुलुकको गरिबीलाई उन्मुलन गर्ने महत्वपूर्ण अनुदान दृढतापूर्वक एमसीसी अनुमोदन पारित गराएर छाड्ने अठोट लिएकोमा प्रधानमन्त्री देउवालाई नेता पौडेलले नेपाली जनताको तर्फबाट भन्दै बधाई दिए ।
अब गाउँबाट बेरोजगारी र गरिबी हटाउनुपर्ने बेला भएको नेता पौडेलको भनाइ छ । अगाडि थप्दै उनले भने, ‘हामीले गाउँमा बसौँ बसौँ भन्ने नारा लगायौँ । तर गाउँबाट अझै पनि पलायन भइरहेको अवस्था छ । गाउँमा पूर्वाधार पुगेका छन् तर गाउँबाट मान्छे तल झरिरहेका छन् । तिनलाई त्यहीँ रोक्नका लागि अब गाउँमै आम्दानी र रोजगारीको सिर्जना गर्नुपर्दछ । र यो देशमा कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको विकास गरेर आत्मनिर्भर बनाउने बाटोमा हामी जानुपर्दछ ।’
गाउँ गाउँमा उद्योग व्यवसाय सञ्चालन गर्नुपर्नेमा नेता पौडेलको जोड छ । कांग्रेसको १४ औँ अधिवेशन अगाडिसम्म पार्टी सभापति एवं प्रधानमन्त्री देउवाको आलोचना मात्र गर्ने नेता पौडेलले पछिल्लो समय निकै प्रशंसा गर्न थालेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया