बलर पनि पुरस्कृत हुनुपर्छ : जसप्रित बुमराह

काठमाडाैं : मुम्बई इन्डियन्सले जारी (इन्डियन प्रिमियर लिग) आइपीएलको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै फाइनलमा स्थान पक्का ग¥यो । दुबई अन्तराष्ट्रिय रगंशालामा दिल्लीमाथि विजय हासिल गर्दा मुम्बईका दुई ब्याट्सम्यान इसान किशन र सुर्यकुमार यादबले अर्धशतक बनाए ।
तर उनीहरुको प्रर्दशन मुम्बईकै अर्का खेलाडीको प्रभावशाली प्रर्दशनले गर्दा ओझेलमा प-यो । ती खेलाडी थिए जसप्रित बुमराह । जसले १४ रन मात्र खर्चेर दिल्लीका चार ब्याट्सम्यानलाई आउट गरे । उनले चार ओभरमा एक मेडन राख्दै लिएको चार विकेटले मुम्बईलाई दिल्लीबिरुद्वको खेलमाथि कब्जा जमाउन मद्दत ग-यो ।
बुमराह खेलमा म्यान अफ दि म्याच घोषित भए । म्यान अफ दि म्याचको अवार्ड लिदाँँ उनी प्रसन्न देखिन्थे । ‘प्रतियोगिता जित्नु नै प्राथमिक उदेश्य हो । आफुले अपेक्षा गरे अनुसारको विकेट लिन नसके पनि खेल जितियो भने त्यसले प्रसन्न नै बनाउछ । टीममा मलाई दिइएको भुमिका अनुसार खेल्ने नै मेरो प्रयास रहन्छ । मलाई कप्तानले जब बलिङ गर्न पठाउछन् तब म खुशी साथ बलिङ गर्न जान्छु ।’ उनले भने ।
‘बलिङ गर्दा कस्तो नतिजा निस्कन सक्छ भन्ने भन्नेमा म त्यति केन्दि«त हुदिन । नतिजाका बारेमा धेरै सोच्दा प्रर्दशन मै असर पर्न सक्छ । टे«न्ट बोल्टसँग मेरो सोच मिलछ । त्यसकारण हामी खेलका बारेमा छलफल गर्छौ ।’ बुमराहले थपे
कुराकानीका क्रममा उनले अधिकांश समय ब्याट्सम्यानहरुले मात्र पुरस्कार पाउने गरेका कारण कहिलेकाही बलरले पनि पाउदाँ आफुलाई खुसी लाग्ने भन्दै मजाक गर्न भ्याए । ‘प्रायजसो ब्याट्सम्यानले अर्वाड पाइरहेका हुन्छन् आज मैले पाए । बलरले पनि पाउनुपर्छ ।’ उनले हास्दै भने ।
लगातार दास्रो पटक आइपीएलको फाइनलमा स्थान बनाउने क्रममा मुम्बईले प्रभावशाली प्रर्दशन ग-यो । यता दिल्लीले भने फाईनलमा प्रवेश पाउन शुक्रबार हुने दोस्रो क्वालिफायरको विजेताको सामना गर्नेछ ।

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

कमल थापाले जिते टेनिस उपाधि

प्रधानसेनापति टेनिस प्रतियोगिता बैशाख २१ गतेदेखि काठमाडौँमा

गोधुली रनिङ कपको उपाधि धरान–१४ लाई

लिभरपुलको पुन: जित, ७३ अंकसहित पहिलो स्थानमा

आज आइपीएलका सबैभन्दा महँगा खेलाडी आमुने-सामुने हुने

प्रतिक्रिया