मैले राजसंस्था छोडेको होइन, राजाले मलाई छोडेः कमल थापा (भिडियोसहित)

काठमाण्डाैँ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापनाकाे एजेण्डा छाेडेकाे विषयमा प्रष्टीकरण दिएका छन् । बिहीबार साँझ सामाजिक सञ्जालमा एक भिडियाे सन्देशमार्फत थापाले आफूले राजसंस्था छाडेकाे भन्दा पनि पूर्वराजा ज्ञानेन्द्रले नै आफूलाई छाेडेकाे बताएका छन् ।
पूर्वराजा ज्ञानेन्द्रले नै आफूलाई छोडेपछि आफूले राजसंस्था पुनर्स्थापनाकाे एजेण्डा छाेडेकाे उनको भनाइ छ । २०६२/६३काे राजनैतिक परिवर्तनपछि देश गणतन्त्रमय भएकाे अवस्थामा आफूले ज्यान हत्केलामा राखेर राजसंस्था पुनर्स्थापनाकाे लागि संघर्ष गरेको उनले स्मरण गरेका छन् ।
राजसंस्था पुनर्स्थापनाकाे विगत १५ वर्षदेखि गरिएकाे संघर्षका क्रममा जनता र जनताबाट अनुमाेदित राजनैतिक दलसँग सम्बन्ध सुधार गर्ने कुनै पनि किसिमकाे सकारात्मक प्रयास निर्मल निवास र राजाले नगरेपछि जनता र राजसंस्थाबीच दूरी बढ्दै गएकाे भन्दै नेपालमा राजसंस्था पुनर्स्थापनाकाे सम्भावना क्षीण भनेकाे उनको भनाइ छ ।
भिडियाे सन्देशमा थापाले भनेका छन्, 'शतप्रतिशत राजावादी रहेकाे दल राप्रपामा निर्मल निवासले नांगाे हस्तक्षेप गरेर राजसंस्था साझा अभिभावक र निष्क्रिय भएर बस्न सक्दैन भन्ने सन्देश प्रवाहित गर्यो, याे पृष्ठभुमिमा हामीले साेच्याैं कि अब लाेकतन्त्र, हिन्दुराष्ट्र, सुशासन र समृद्धिकाे एजेण्डा बाेकेर जानू बाहेक अर्काे कुनै विकल्प छैन, राजसंस्थाप्रति विश्वास र आस्था हिजाे पनि थियाे, त्याे सम्मान भाेलि पनि रहनेछ, तर अबकाे गन्तव्य लाेकतन्त्र हिन्दुराष्ट्र र समृद्धि नै हुनेछ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया