शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

दुर्घटनामा एक जनाको मृत्यु

मकवानपुर - मकवानपुरमा भएको सुमाे दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिका–१ सुन्दरी माई स्थित त्रिभुवन राजमार्गमा टाटा सुमो र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

हेटौंडाबाट भैंसेतर्फ जाँदै गरेको ना १ ज ३४७२ नम्बरको सुमो र काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना ४९ प २५५६ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किदा मोटरसाइकल चालक हेटौडा ८ कमाने बस्ने बर्ष ३१ को प्रमोद कुमार रिमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दुर्घटना हुने दुवै सवारी साधन र सुमोका चालक काठमाडौं–१४, बल्खु का ३९ बर्षीय अर्जुन भण्डारीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए । मृतक रिमाल डिभिजन वन कार्यालय राप्ती मनहरी मकवानपुरमा कार्यरत थिए ।