महोत्तरीमा लागूऔषधसहित तीन जना पक्राउ

महोत्तरी- प्रतिबन्धित लागूऔषधसहित बर्दिबासबाट तीन जना पक्राउ परेका छन् । बर्दिबासस्थित देउराली माध्यमिक विद्यालय नजिकै जंगलको खोल्सीमा लागूऔषध कारोवार गर्दै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका घर भइ हाल बर्दिबासमा बस्ने ३९ वर्षीय बलिराम भण्डारी, सर्लाही रामनगर गाउँपालिकाका २१ वर्षीय अरुणकुमार दास र मलङगवा नगरपालिकाका २२ वर्षीय मुकेश साह छन् ।
लागूऔषध कारोबार तथा प्रयोग गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरिडाडाले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनाको साथबाट प्रहरीले डियाजपान इन्जेक्सन ३५ एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड ३५ एम्पुल र लेबलिङ्ग नभएको ३५ थान म्पुलसहित १०५ थान एम्पुल बरामद गरेको छ ।

पानी नपरेपछि वीरगञ्जको गहवामाईमा पर्जन्य यज्ञ !

भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

करेन्ट लागेर एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

प्रतिक्रिया