हलिउड अभिनेता सिल्भियो नेपाल आउँदै

काठमाडौँ - हलिउड अभिनेता सिल्भियो सिमाक नेपाल आउने भएका छन् । एक्सन फर नेसन्सको आयोजनामा २६ मार्च २०२२ मा हुन गइरहेको महिला सशक्तिकरणका लागि आत्मरक्षा तालिम सञ्चालनका लागि पहिलो पटक नेपाल आउन लागेका हुन् । हलिउड अभिनेता सिल्भियो मार्शल आर्टिस्ट र विश्व च्याम्पियन हुन् जसले ज्याकी च्यान, जेट ली र अधिक जस्ता धेरै प्रसिद्ध अभिनेताहरूसँग अभिनय गरेका छन् ।
अभिनेता सिल्भियो एक्शन फर नेसन्सको सद्भावना दूत पनि हुन् । एक्सन फर नेसन्सले अमेरिका, नेपाल, भारत र पाकिस्तानमा महिला सशक्तिकरणका लागि आत्मरक्षा तालिम लगायतका महत्वपूर्ण काम गरेको भन्दै हालै मात्र अमेरिकामा सो फेस्ट सोसल अवार्ड २०२२ समेत प्राप्त गरेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया