साढे सात लाख फाइजर खोप नेपाल ल्याइयो

काठमाडौँ- कोभिडविरुद्धको लगाइने सात लाख बढी फाइजर खोप अमेरिकाबाट नेपाल ल्याइएको छ । शुक्रबार बिहान अमेरिकी सरकारको कोभ्याक्स अन्तर्गत फाइजर खोप ल्याइएको स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति महाशाखाका प्रमुख डा. सुरेश चौरसियाले जानकारी दिए ।
उनका अनुसार आगामी सोमबार थप साढे सात लाख खोप पुनः आउनेछ । फाइजर खोप १२ माथिका बालबालिकालाई लगाइनेछ ।
नेपालमा हालसम्म विभिन्न मुलुकबाट गरेर कुल ४ करोड ७८ लाख ८२ हजार ८०० खोप प्राप्त भएको छ । कोभिशिल्ड, भेरोसेल, जोनसन एण्ड जोनसन्, फाइजर, अष्ट्राजेनिका खोप विभिन्न मुलुकबाट ल्याइएको छ ।
स्वास्थ्य मन्त्रालयकाअनुसार हालसम्म नेपालमा खोप अभियान सुरु भएदेखि विभिन्न उमेर समूहका गरी ३ करोड ९५ लाख ७४ हजार ७९४ मात्रा लगाइएको छ । पहिलो मात्रा १ करोड ८७ लाख २७ हजार ३३, पूर्ण मात्रा १ करोड ८८ लाख ५२ हजार ९७९ र अतिरिक्त मात्रा १९ लाख ९४ हजार ७८२ जनाले खोप लगाइसकेका छन् ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया