प्राधिकरणले ल्यायो एक युनिटको ३८ रुपैयाँ पर्ने बिजुली : एकैदिन १४ करोड घाटा
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट ३८ रुपैयाँ तिरेर २०० मेगावाट भारतीय बिजुली ल्याएको छ । प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आईआईएक्स) का ९६ वटै ब्लकहरूमा प्रतियुनिट भारु २० रुपैयाँ कबोल गरेपछि बिजुली पाएको हो ।
प्रसारण शुल्क, चुहावट, प्रशासनिक तथा प्राविधिक सबै गर्दा यो बिजुलीको एक युनिटको लागत ३८ रुपैयाँ परेको छ । प्राधिकरणले आयात गरेको ४८ लाख युनिट बिजुलीको एकमुष्ठ मूल्य १८ करोड २४ लाख रुपैयाँ परेको हो । यो बिजुली अब प्राधिकरणले उद्योगलाई प्रतियुनिट ९ रुपैयाँमा बेच्छ ।
यसरी बेचिएको बिजुलीबाट प्राधिकरणलाई एक दिनमा १३ करोड ९२ लाख रुपैयाँ घाटा परेको छ । नेपाल आयल निगमले पनि परल मूल्यभन्दा थोरैमा बेच्न थालेपछि टाट पल्टने स्थितिमा पुगेको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार इण्डियन इनर्जी एक्सचेञ्जमा भोलि र पर्सी पनि यसैगरी अधिकतम मूल्यमै बिजुली आयात गरिनेछ । ‘हामीले थेगुञ्जेल ल्याउँछौं’ प्रवक्ता भट्टराईले शुक्रबार इकागजसँग भने, ‘उद्योगपतिहरूसँग पनि छलफल गर्दैछौं ।’
प्राधिकरणले उद्योगलाई यतिखेर नियमित रुपमा बिजुली आपूर्ति गरेको छ । ऊर्जा मन्त्रालय स्रोतका अनुसार ऊर्जा मन्त्री पम्फा भुसाल र अर्थ मन्त्री जनार्दन शर्माको दबाबमा ‘उद्योगपतिलाई असर नपार्न’ यति धेरै मूल्य चुकाएर बिजुली ल्याइएको हो । आईआईएक्सको ९६ वटा ब्लकमा यसअघि प्राधिकरणले हालेको मूल्यमा नपरेपछि उद्योगलाई केही बिजुली कटौती गरिएको थियो । तर त्यसको भोलिपल्टै मन्त्रीद्वयले दबाब दिएपछि प्राधिकरणले प्रतियुनिट ३८ रुपैयाँ हालेर भए पनि खरिद गर्न बाध्य भएको हो ।
थेग्ने नसक्नी अचाक्ली महँगो बिजुली खरिद गरिएको प्राधिकरणको कर्मचारी युनियनले विरोध गरेका छन् । प्राधिकरणको राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष रामेश्वरप्रसाद पौडेलले महँगो बिजुली आयात गर्ने हो भने सरकारले त्यसको शोधभर्ना गरिदिनुपर्ने बताए । ‘प्राधिकरणले यो बिजुली थेग्न सक्दैन, कि सरकारले हालिदिनुपर्यो होइन भने आयात गर्नु भएन,’ अध्यक्ष पौडेलले इकागजसँग भने, ‘हामी साथीहरू र अरु युनियनहरूसँग पनि छलफल गर्नेछौं ।’

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_ZUi0UiGC9P_q3yn2wc2fjjttnwfbm8dgacxtqhp9tkvvklyjtb4wosgbtr0pdky5suckhik.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

प्रतिक्रिया