अब बागमती प्रदेशका सबै घरमा बिजुली
बागमती - बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकार तथा नेपाल विद्युत् प्राधिकरणबीच सहकार्य गरेर उज्यालो प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मकवानपुरको हेटौँडामा आयोजित ‘नेपालमा ऊर्जा क्षेत्रको अर्थ राजनीतिक विश्लेषण’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारबाट जल र ऊर्जालगायत अन्य वैकल्पिक ऊर्जाको उत्पादन र प्रयोग प्राथमिकतामा रहेको जानकारी दिए।
आगामी आर्थिक वर्षमा प्रदेश सरकारले विद्युत् प्राधिकरणको सहकार्यमा शतप्रतिशत घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराउने, विद्युत् खपत बढाउनका लागि न्यून आय भएका व्यक्ति तथा परिवारलाई सहुलियत दरमा इन्डक्सन चुल्हो उपलब्ध गराउने एवं विद्युतीय सवारीलाई प्रवद्र्धन गर्नका लागि विभिन्न स्थानमा चार्जिङ स्टेशन बनाउनेजस्ता कार्य गर्ने उनले जानकारी दिए ।
सो कार्यक्रममा खानेपानी सिँचाइ र ऊर्जामन्त्री वसन्तबहादुर मानन्धर, प्रदेश नीति तथा योजना आयोगका सदस्य राजु नेपाल, मन्त्रालयका सचिव मोहन शाक्य र प्रदेश डिभिजन कार्यालय हेटौँडाका प्रमुख दीपेन्द्र द्विवेदीले प्रदेशको विद्युतकाे अवस्था र समस्याबारे जानकारी दिएका थिए ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया