एनएमबि बैंकको ‘वित्तीय साक्षरता कार्यक्रम’

काठमाडौं – एनएमबि बैंक गैँडाकोट शाखाले आफ्ना कर्मचारी तथा ग्राहकहरुको सहभागितामा गैंडाकोट–४, दर्शन चोकमा ‘वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न गरेको छ ।
कञ्चन आमा समूहको प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रममा एनएमबि बैंक गैँडाकोट शाखाका कर्मचारीद्वय प्रदिप खनाल र राजु पोखरेलले बैंकको परिचय, बैंकले प्रदान गर्दै आइरहेको सेवा, डिजीटल बैंकिङ्गको साथै बैंकको महत्वका बारेमा प्रकाश पारेका थिए । उक्त आमा समूहको तर्फबाट निवर्तमान अध्यक्ष शान्ता भुजेलले एनएमबि बैंकले आउँदा दिनहरुमा पनि यस्ता वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरुको आयोजना गरी समूहलाई सशक्त बनाइदिनेछ भन्ने विश्वास राखिन् ।
बैंकले सर्वसाधारणलाई बैंकिङ्ग तथा वित्तीय साक्षरता सम्बन्धी सचेतना र सशक्तीकरण गर्ने उद्देश्यले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु सञ्चालन जनाएकाे छ।
एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द बैंकर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको थियो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३९ एटीएमहरू, १० एक्सटेन्सन काउण्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

प्रतिक्रिया