एकडारा गाउँपालिकाकी उपाध्यक्ष खातुन पार्टीबाट निष्कासित

महोत्तरी- महोत्तरीको एकडारा गाउँपालिकाकी उपाध्यक्ष महजबी खातुन पार्टीबाट निकालिएकी छन् । उनलाई लोसपाले कारबाही गरेको छ ।
महोत्तरी जिल्ला कार्यसमितिले बिहीबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष खातुनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ ।
पार्टीको निर्देशनविपरीतका क्रियाकलापमा खातुन सहभागी भएको भन्दै कारबाही गर्नुपरेको लोसपा महोत्तरीका अध्यक्ष रामबाबु साहले जानकारी दिए ।
जिल्ला अनुशासन समितिको सिफारिसमा कार्यसमितिले उपाध्यक्ष खातुनलाई पार्टीबाट निष्कासन गरिएको अध्यक्ष साहको भनाइ छ । जसपा फुटेर लोसपा बनेपछि उपाध्यक्ष खातुनले लोसपा रोजेकी थिइन् । उनी पुन: जसपामै फर्कने तयारी गरेको स्रोतले जनाएको छ ।

पानी नपरेपछि वीरगञ्जको गहवामाईमा पर्जन्य यज्ञ !

भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

करेन्ट लागेर एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

प्रतिक्रिया