पिएनजीले दियो नेपाललाई जितका लागि २९३ रनको लक्ष्य

काठमाडौं । पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पपुवा न्युजिनी (पीएनजी) ले नेपाललाई २९३ रनको लक्ष्य दिएको छ । यो नेपाललाई दिएको बलियो लक्ष्य हो ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पीएनजीले निर्धारित ५० ओभरमा २९२ रन जोड्यो । उसले ८ विकेट गुमाउँदै २९२ रनको योगफल जोडेको हो ।
पिएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक ७७ रनको जोडे । उनले १ सय ३ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक रन बनाए । त्यस्तै कप्तान असद भालाले ५५ बलमा ११ चौका प्रहार गर्दै ६० रनको अर्धशतकीय इनिङ खेले ।
पीएनजीका ओपनर ओपनर टोनी उराले ३८ रन, रिले हेकुरेले ३१, नोरमान भानुअले आक्रामक ४७ रन, जासन किलले १३ रन र सिमोन अटाइले २ रन को योगदान दिए।
नेपालका कमल ऐरी, सोमपल कामी, दिपेन्द्र सिंह ऐरीले समान २÷२ विकेट लिए । संदेप लामिछाने र आरिफ शेखले १÷१ विकेट हात पारे ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया