बिहीबार १९ असार, २०८२
Thursday, July 03, 2025

भारतका लागि नेपालका आवासीय राजदूत शर्माले लिए शपथ

फाइल फोटो

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा शङ्करप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छिन् । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । 

समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्का उपस्थित थिए । 

नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् ।